तपाईंलाई सङ्गीत र पोडकास्टहरू मन पर्छ? आफूलाई मन पर्ने गीत, पोडकास्ट र एल्बमहरू Spotify मार्फत Windows मा निःशुल्क प्ले गर्नुहोस्।
आफूलाई मन पर्ने ट्र्याकहरू तत्काल बजाउनुहोस्, चार्टहरू ब्राउज गर्नुहोस् वा हरेक विधा र मुडका पहिले नै तयार पारिएका प्लेलिस्टहरू सुन्नुहोस्। रेडियोले तपाईंको साङ्गीतिक रूचिअनुसार एकपछि अर्को उत्कृष्ट गीत बजाउँछ। तपाईंकै लागि भनेर तयार पारिएका गजब प्लेलिस्टहरूसहित नयाँ सङ्गीत पनि भेट्टाउनुहोस्।
तपाईं Spotify मा अन्य ठाउँमा भेट्टाउन नसकिने मूल र विशेष पोडकास्टसहित ४० लाखभन्दा बढी पोडकास्ट सुन्न सक्नुहुन्छ।
Spotify निःशुल्क स्ट्रिम गर्नुहोस् (कहिलेकाहीँ विज्ञापन देखाइन्छ) वा प्रिमियम खरिद गर्नुहोस्।
निःशुल्क:
• पोडकास्टहरू निःशुल्क रूपमा भेट्टाउनुहोस्, सुन्नुहोस् र डाउनलोड गर्नुहोस्
• कुनै पनि गीत, कलाकार (का ट्रयाक), एल्बम, प्लेलिस्ट वा पोडकास्ट तुरुन्तै बजाउनुहोस्
• हरेक विधा र मुडका पहिले नै तयार पारिएका हजारौँ प्लेलिस्टहरू ब्राउज गर्नुहोस्
• मिनि प्लेयर वा फुल स्क्रिन मोडमा भिडियो पोडकास्टहरू हेर्नुहोस्
• चार्टका शीर्ष पोडकास्टहरू सुनिराख्नुहोस्
• तपाईंकै लागि भनेर बनाइएका प्लेलिस्ट र मिक्सहरूको आनन्द लिनुहोस्
• अडियोबुक र भिडियो पोडकास्टहरूको आनन्द लिनुहोस्
• पर्सनलाइज गरिएका प्लेलिस्टहरूका सहायताले थप सङ्गीत भेट्टाउनुहोस्
प्रिमियम:
• गीत, एल्बम र प्लेलिस्टहरू डाउनलोड गर्नुहोस् र अफलाइन सुनुहोस्
• विज्ञापनरहित सुन्नुहोस्
• परिष्कृत गुणस्तरको साउन्ड
• ३० दिनसम्म विना कुनै सर्त निःशुल्क प्रयोग गरी हेर्नुहोस्
हाम्रो Facebook पेज लाइक गर्नुहोस्: http://www.facebook.com/spotify
हामीलाई Twitter मा फलो गर्नुहोस्: http://twitter.com/spotify