JW लाइब्रेरी यहोवाका साक्षीहरूले तयार पारेको आधिकारिक एप हो। यस एपमा बाइबलका विभिन्न अनुवाद अनि बाइबल अध्ययन गर्न मदत गर्ने पुस्तक-पुस्तिकाहरू छन्।
यस एपमा बाइबल हेर्नका लागि भएका सुविधा
• बाइबलका ६ वटा विभिन्न अनुवाद रोजेर हेर्न सकिन्छ।
• शास्त्रपदको अङ्कमा छोएर बाइबलका सबै संस्करणहरू तुलना गर्न मिल्छ।
• फुटनोटमा वा शब्द वा वाक्यको अन्तमा भएको सानो छड्के अक्षरमा छोएर सम्बन्धित सामग्री हेर्न सकिन्छ।
नेभिगेसन
• तपाईंले खोल्नुभएको प्रकाशनको विभिन्न पेजहरूमा जान दायाँ वा बायाँ स्वाइप गर्नुहोस्।
• तपाईंले पढिरहनुभएको पद वा अध्यायमा अर्को पटक तुरुन्तै पुग्न त्यहाँ बुकमार्क राख्नुहोस्।
• तपाईंले भर्खरै वा यसअगाडि खोल्नुभएको पृष्ठमा जान हिस्ट्री भन्ने भागमा जानुहोस्।
• कुनै शब्द वा पदावली खोज्नुपऱ्यो भने खोज्ने भन्ने बक्समा टाइप गर्नुहोस्।